काठमाडौँ: सरकारले सवारी साधन नकिन्ने भएको छ।

सोमबार सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा यस आर्थिक वर्षमा सवारी साधन नकिन्ने घोषणा गरेका हुन्।

यस्तै, अनावश्यक रूपमा सार्वजनिक निकाय नखोल्ने पनि उनले बताए।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यस आर्थिक वर्षका लागि सवारी साधन खरिदलगायत कार्यालय खर्च कटौती गर्ने,’ उनले भने, ‘विशेष अवस्थामा बाहेक चालु आर्थिक वर्षमा नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने निर्णय भएको छ।’

यस्तै, दोहोरो भूमिका भएका अनावश्यक रूपमा रहेका निकायलाई खारेज समेत गर्ने उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version