पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार मुख्यमन्त्रीमा नियुक्त अधिकारीले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ लिएका हुन्।

मुख्यमन्त्री सँगै तीन जना मन्त्रीले पनि शपथ लिएका छन्।

नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीतादेवी सुन्दास र राप्रपाका पंचराम गुरुङले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन्।

एमाले संसदीय दलको नेता रहेका खगराजलाई एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थन रहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version