काठमाडौँ: सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरूको बैठक बस्न लागेको हो।

मन्त्रिपरिषद् विस्तार लगायतका एजेण्डामा छलफल गर्नका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरु जुट्न लागेका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार दिउँसो ३ बजे बैठक बस्नेगरी तयारी भइरहेको छ।

यसअघि बुधबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। उनीहरुबीच मन्त्रालय भागवण्डा लगायतका विषयमा छलफल भएको जनाइएको छ।

एमाले अध्यक्ष ओलीको नीजि निवास बालकोट पुगेर प्रचण्डले झण्डै १ घन्टा वार्ता गरेका थिए। ओलीसँगको छलफलपछि सत्ता साझेदार दलका नेताहरुबीच आज छलफल हुन लागेको हो।

संसदबाट विश्वासको मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। तर कुन दलले कति मन्त्रालय लिने भन्ने विषय टुंगिन बाँकी छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version