काठमाडौँ: नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

उनले भने, , ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’ प्रतिनिधिसभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन मिति तय गरिसकिएको छ ।

यस्तै स्ववियु निर्वाचन पनि आएकाले नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल भएको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभामा ८८ (एक सांसद निलम्बित)० जना सांसद रहेको कांग्रेसलाई सभामुखको चुनाव जित्न करिब ५० सांसदको साथ आवश्यक देखिन्छ । सभामुख कांग्रेसले पाउन वर्तमान सत्ता गठबन्धनका दलले सहयोग नगरी सम्भव छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version