काठमाडौं: निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उनीविरुद्ध नाबालिकालाई बलात्कार गरेको आरोप लागेको थियो।

उच्च अदालत पाटनले उनलाई विहिबार धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी थुनामुक्त हुन लागेका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार छुट्न सकेनन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई शुक्रबार मात्र थुनामुक्त गरिने बताए बताए ।

‘उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो, त्यसैले काठमाडौं अदालतबाट पत्र प्राप्त हुनुपर्छ’, बाँस्कोटाले भने, ‘काठमाडौंबाट पत्र आएपछि उहाँलाई थुनामुक्त गर्ने निर्णय गरेका छौं ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version