काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै नेपालमा बसोबास गर्ने नागरिकले विदेशको शेयर तथा घरजग्गा खरिद देखि विदेशी बैंकमा निक्षेप जम्मा गर्ने जस्ता कार्य नगर्न चेतावनी दिएको छ ।

कतिपय व्यवसायीले विदेशमा अपार्टमेन्ट खरिद गर्ने तथा बचतसमेत जम्मा गर्ने र शेयर खरिद गर्ने गरेकाले नेपालमा लगानी योग्य पुँजी अभाव भएको आशंका गरिँदै आएको थियो । सूचनामा भनिएको छ, “विदेशमा घरजग्गा खरिद धितोपत्र खरिद सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्नू नगराउनु ।

नेपाल राष्ट्र बैंक विदशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार कुनै नयाँ प्रवृत्ति देखिएर भन्दा पनि जनतालाई समय समयमै सचेत गराउने गरी यस्तो सूचना जारी गरिएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको छ । त्यतै दफा ९ गले राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न पनि निशेध गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version