जनकपुरधाम: मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको मत विभाजनमा मण्डलले ७४ मत प्राप्त गरी गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ५४ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनका दलहरू नेकपा एमालेका, जसपाका, जनमतका, लोसपाका, माओवादी केन्द्रका, राप्रपाका, नेपाल संघीय समाजवादीका र स्वतन्त्र सांसदको समर्थनमा मण्डल सभामुखमा निर्वाचित भए । विपक्षमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीले मतदान गरेका थिए ।

धनुषा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जंगीलाल रायले २९ मत प्राप्त गरे । मंगलबार भएको निर्वाचनमा कुल सदस्यमध्ये १०३ जना मतदानमा सहभागी भएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version