काठमाडौँ: नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्।

जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिने फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार अन्तिम सुनुवाइ गर्दै शाहविरुद्ध लगाइएको आरोपमा दाबी नपुगेको ठहर गरेको हो।

यसअघि नै पीडित भनिएको नाबालिग र जाहेरवालाले नै अदालतमा बलात्कारको आरोप झुटो भएको बयान दिइसकेका थिए।
फैसलाको पूर्ण पाठ आउन भने समय लाग्ने अदालतले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version