काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आयोगको नेतृत्वमा श्रेष्ठलाई ल्याउने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उनले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन्।

योजना आयोगमा नियुक्त भएका उपाध्यक्ष श्रेष्ठले यसअघि एक कार्यकाल बिताइसकेका छन्।

श्रेष्ठ पहिलो कार्यकालका योजना आयोगको उपाध्यक्ष हुनुअघि नेपला राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए।

श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बीएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

मा‌ओवादीनिकट उनी म्याग्दीको सिंगामा जन्मिएका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version