काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमीलाई कर्जा पाउन कठिन भएको बताएका छन् ।

सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बैंकहरुको महंगो ब्याजले साना उद्यमीलाई लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको बताए । ‘बैंकहरुको महंगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको छ, साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने छ,’ उनले भने ।

यस्तै, उनले करिब ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गरे । ‘कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता भएका छैनन्, कर बुझाउन जाँदा उल्टै दुःख पाउने कारण धेरै उद्याेग दर्ता भएका छैनन्,’ उनले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version