काठमाडौँ: सरकारले मंगलबार संघीय संसद् भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको छानबिन गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यले उठाएका विषयहरूको छानबिन गर्न गृह मन्त्रालय नै तदारुकताका साथ लाग्ने निर्णय भएको बताए।

उनले मन्त्रालयले सत्यतथ्य बाहिर ल्याएर छानबिनपछिको निस्कर्षानुसार आवश्यक कदम चाल्ने बताए। उनले आज नै छानबिनसम्बन्धी कार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउने र मृतकले भनेका विषयहरूको छानबिनपछि आवश्यक कारबाही गर्ने निर्णय भएको बताए।

गृहमन्त्री लामिछानेले छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सबै सरकारले गर्ने बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version