काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

शुक्रबारै सर्वोच्च अदालतले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।

बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए । समानुपातिक सांसद अर्याल श्रममन्त्री समेत हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version