काठमाडौँ: सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्न बस्न लागेको पार्टी बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेलाई प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ।

स्रोतका अनुसार लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका थिए भने प्रचण्डले गृहको विकल्प रोज्न आग्रह गरेका थिए।

प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन्।

नागरिकता प्रकरणमा सांसद र गृह मन्त्री गुमाएका लामिछाने फेरि गृहमै फर्किन चाहेका छन्। तर प्रचण्डले भने गृह दिन चाहेका छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धरामा बस्दैछ।

उक्त बैठकपछि आफूले विशेष पत्रकार सम्मेलन गर्ने लामिछानेले बताएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version