काठमाडौँ: नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश गरेकाे छ। १९ वर्ष पार गर्दा कम्पनीका २ कराेड १३ लाख प्रयाेगकर्ता पुगेका हुन्।
१९औँ वार्षिक उत्सवमा सम्बोधन गर्दै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्धनिर्देशक सुनिल पाैडेलले ७५ प्रतिशत जनसंख्यामा पुगेकाे बताएका छन्।

पाैडेलले २ कराेड १३ लाख प्रयाेगकर्ता रहेकाेमा १ कराेड १५ लाख फाेरजी प्रयाेगकर्ता रहेकाे बताए।

कर्मचारी युनियनका शंकर लामिछानेले ६० वर्षे उमेर हद बनाउनु उपयुक्त रहेकाे बताए।

टेलिकमका अनुसार गत आवमा ४४ अर्ब आम्दानी गरेकाेमा ८ अर्ब खुद नाफा गरेको छ।

अघिल्लाे आवमा २६ अर्ब राजस्व याेगदान गरेकाे थियाे भने अहिले त्याेभन्दा बढी हुने प्रबन्धनिर्देशक पाैडेलले बताए।

७३९ स्थानीय तहमा फाेरजी एलटी पुगेकाे छ। पाैडेलले फाइभजी उपकरण जडान गरी परीक्षणकाे तयारी भइरहेकाे जानकारी गराए ।

कर्मचारी युनियनका शंकर लामिछानेले ६० वर्षे उमेर हद बनाउनु उपयुक्त रहेकाे बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version