काठमाडौँ: भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

तर क्यानले यसको औपचारिक घोषणा गरिसकेको छैन। राष्ट्रिय खेलकुद परिषद्‍बाट पत्र आइनसकेको जनाउँदै क्यानले घोषणा नगरेको हो।

क्यानले आज दिउँसो ३ बजे यसबारे औपचारिक घोषणा तयारी गरेको छ। त्यसका लागि क्यानले होटल हायात प्यालेसमा नयाँ मुख्य प्रशिक्षकसँग पत्रकार भेटघाट कार्यक्रम राखिसकेको छ।

देसाई यसअघि पनि नेपालसँग जोडिएका क्रिकेटर हुन्। उनले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन्।

उनले सन् २०१५ को आईसीसी टी-ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिममा रहेर काम गरिसकेका थिए।

क्यानले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका २४ जनामध्ये अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता गरेको थियो।

मुख्य प्रशिक्षक मनोज प्रभाकरले गत मंसिर अन्तिम साता राजीनामा दिएपछि नेपाली प्रशिक्षकविहीन छ। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो। तर उनी चार महिना पनि टिक्न नसकेर राजीनामा दिइ फर्किए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version