पहिलोक्लिक सम्वादाता
पोखरा: कास्कीको रुपा गाउँपालिका कार्यालयले कृषि उत्पादन खाएर कृषकलाई दुःख दिएपछि बाँदर व्यवस्थापन गर्न भन्दै पहिलो गाउँसभाबाट १० लाख रुपियाँ बजेट छुट्याएको छ ।

रुपा गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा पनि निरन्तरता दिँदै पाँचलाख रुपियाँ विनियोजन गरेको छ । गत आवमा पनि यस गाउँपालिकाले पांच लाख छुट्याएको थियो ।

भारतबाट आएको बाँदर नियन्त्रण गर्ने टोलीले हालसम्म दुईपटक गरी ५०० वटा बाँदर छोपेर निकुञ्जमा पु¥याएको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका बाँदर छोप्ने क्रम जारी रहेको गाउँपालिकाका प्रमुख नवराज ओझाले बताए ।

कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार सिर्जना गर्ने अभिप्रायले यहाँ भूमि बैंकको स्थापना गर्न तयारी पनि गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version