काठमाडौँ: भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

सोमबार साँझ बालुवाटार पुगेर उनले भेटवार्ता गरेका हुन्।

भेटका क्रममा आफूहरूबीच ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले ट्विटरमा उल्लेख गरेका छन्।

भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका हुन्। आजै उनले परराष्ट्र मन्त्री विमला राई पौड्याल, कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version