काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय सिरिजअन्तर्गत शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल र स्कटल्यान्डको खेलका क्रममा एकजना पक्राउ परेका छन्।

क्रिकेट खेलका क्रममा सट्टेबाजी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एकजना नेपालीलाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ परेका तीन नेपालीबारेमा अहीले अनुसन्धान भइरहेको छ।

‘सट्टेबाजी गरेको आशंकामा उनलाई पक्राउ गरिएको हो। अहिले सोधपुछ भइरहेको छ’, उनले भने, ‘थप अनुसन्धान पूरा भएपछि विस्तृत विवरण खुलाउँछौँ।’

यसअघि गत पुसमा भएको नेपाल टी २० लिग क्रिकेटका क्रममा स्पट फिक्सिङ पुष्टि भएको थियो। उक्त प्रकरणमा नेपालका दुई राष्ट्रिय खेलाडीसहित १२ जनाविरुद्ध मुद्दा चलिरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version