काठमाडौं: कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् ।
बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन् ।
नव नियुक्त सीईओ गुरुङलाई सञ्चालक समितिका कार्यवाहक अध्यक्ष तथा सीईओ छनौट उपसमितिका संयोजक सुमन दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
सीईओ छनोट समितिले सीईओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।
Facebook Comments Box

