काठमाडौँ: कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजस्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन् ।

बुधबार बसेको कृषि विकास बैंकको सञ्चालक समिति बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो।

यसअघि अर्थ मन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो।

नवनियूक्त अध्यक्ष निजामति सेवामा लामो अवधी सम्म कार्यरत रहि राजश्व सचिवबाट अनिवार्य अवकास प्राप्त पुडासैनीसंग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष पुडासैनीलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन्।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु निलम ढुगांना तिम्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंक लि.का संचालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेत को उपस्थित रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version