सम्माननीय सभामुख महोदय,
सम्मानीत संसदमा माननीय सांसदज्यूहरुले उठाउनुभएको गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा चासो, चिन्ता र प्रश्नहरु उठाउनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
निर्मला पन्तको बलत्कार पछि हत्याको घटना सम्बन्धमा
माननीय सांसदज्यूहरुले कञ्चनपुर जिल्लाको घटनाको बारेमा संवेदनशीलता देखाउनु भएको र घटनाको निष्पक्ष छानबिनका लागि निरन्तर खबरदारी गरिरहनुभएको छ । भीमदत्त न.पा. २ बस्ने यज्ञराज र दुर्गा देवी पन्तको छोरी वर्ष १३ की निर्मला पन्तको बलत्कार पछिको हत्याको घटनामा गरिएको छानबिन तथा अनुसन्धानको विषयलाई लिएर भएको विरोध प्रदर्शनका घटनाहरु र नागरिक तहबाट भएको माग सम्बोधन गर्ने विषयलाई गम्भीरतापूर्वक लिई गृह मन्त्रालयले मिति २०७५/०५/०७ को निर्णयानुसार उच्चस्तरीय छानबीन समितिको गठन गरेको छ । समितिले छानबीन कार्य प्रारम्भ समेत गरिसकेको अवस्थामा पुनः भएको विरोध प्रदर्शन ध्वंशात्मक भई सरकारी सम्पत्तिमाथि क्षतिपुग्ने गतिविधि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्दा हुनगएको मानवीय क्षतिको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु साथै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । नेपाल सरकारले मृतकलाई शहीद घोषणा समेत गरिसकेको जानकारी गराउन चाहान्छु ।मृतक निर्मला पन्त र सनी खुनाको परिवारलाई राहत स्वरुप सरकारले १०/१० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

घाइतेहरुलाई हेलीकोप्टरबाट काठमाडौ ल्याई सरकारले शुल्क व्यहोरी उपचार भइरहेको छ ।उक्त घटनाको छानविन तथा विस्तृत अनुसन्धान जारी छ । अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको कठघरामा ल्याउन र अनुसन्धान एवं अन्य कार्वाहीको सिलसिलामा कहिँकतैबाट कुनै किसिमको लापरवाही वा गल्ती भएको पाईएमा संलग्न जो कोहीलाई दण्डित गर्न मन्त्रालय प्रतिवद्ध रहेको र सोही बमोजिम मातहत निकायलाई निर्देशन गरिएको छ ।

महिला तथा वालबालिकाको समानता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूतिको लागि कुनै पनि किसिमका अपराधका घटना नियन्त्रणका लागि मन्त्रालय क्रियाशील छ । महिला तथा वालबालिका माथि गरिने बलात्कार र हत्या जस्तो जघन्य अपराधका दोषीविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाउने र घटनाका दोषीहरुलाई कानूनी सजायबाट उन्मुक्ति नदिईने कुरामा म माननीय सांसदहरुलाई विश्वस्त गराउन चाहान्छु । साथै यस घटनाको निष्पक्ष छानविनलाई प्रभाव पार्ने गरी कुनै किसिमको अवाञ्छित र अतिरञ्जित अभिव्यक्ति र व्यवहार हुन गर्न नदिने तर्फ सम्बद्ध सवैपक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।

घटनाको सत्य तथ्य छानविन र अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र पीडीत परिवारलाई न्याय दिलाउने कार्यमा सबैको सहयोग लागि समेत अनुरोध गर्दछु ।
सम्माननीय सभामुख महोदय,
वर्दिया जिल्लामा हिरासतमा रहेका व्यक्तिको मृत्युभएको घटनाका सन्दर्भमा माननीय सांसदज्यूले प्रश्न उठाउनुभएको छ । मिति 2075/05/07 गते वर्दिया जिल्ला गुलरिया नगरपालिका 5 स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा माननीय उप-प्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवज्यूको कार्यकर्ता भेटघाट कार्यक्रम भइरहेको अवस्थामा स्वतन्त्र मधेशी गठबन्धन (सि.के.राउत समूह)का राममनोहर यादव समेतले नेपालको स्वतन्त्रता, प्रादेशिक अखण्डता र राष्ट्रियतामाथि अपमान हुनेगरी नारा लगाई घृणा द्वेष फैलाई राष्ट्रिय हित प्रतिकूल काम गरी उक्त कार्यक्रम समेत विथोल्न खोजेको हुँदा जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरी टोलीले बाँके जिल्ला जानकी गाउँपालिका बडा नं. 6 बस्ने राममनोहर यादव समेतलाई तत्काल पक्राउ गरी राज्य विरुद्बको कसुरमा मुद्दा दर्ता गरी सम्मानित वर्दिया जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धानको लागि हिरासतमा राखिएकोमा मिति 2075/05/14 गते विहान अन्दाजी 6.15 बजे निज राममनोहर यादव एक्कासी विरामी भई वेहोश भएकोले निजलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल वर्दिया लगिएकोमा उपचार हुन नसकी उक्त अस्पतालले थप उपचारको लागि भेरी अस्पताल बाँकेमा रिफर गरी पठाएको, सो अस्पतालमा उपचार हुन नसकी नेपाल मेडिकल कलेज बाँकेमा पठाइएकोमा उक्त अस्पतालमा समेत उपचार हुन नसकी मिति 2075/05/15 गते त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा मेडिकल सामग्री सहित अ.हे.व. गंगा प्रसाद चौधरी, विरामीका नातेदार दिपक पासी समेतको टोलीले ल्याएकोमा निज राममनोहर यादवको उपचारको क्रममा सोही अस्पतालमा मिति 2075/05/16 गते मृत्यु हुन गएको व्यहोरा जानकारी गराउँछु।पोष्टमार्टमको प्रतिवेदन अनुसार मृत्युको कारण कुनै चोटपटकको कारणले नभई रोगको कारणले भएको र भिसेरा र रगतको परीक्षणको प्रतिवेदनबाट अन्य विवरण उपलब्ध हुने जानकारी प्राप्त भएको ।
ढोरपाटन नगरपालिका १ को संगिन जि सीको मृत्युसम्बन्धमा
काठमाडौ महानगरपालिका वडा नं.15 स्वयम्भु प्राकृतिक विज्ञान संग्रहालय पछाडिको जंगलमा क्षत विक्षत रुपमा फेला परेको बाग्लुङ जिल्ला ढोरपाटन बुर्तिबाङ न.पा.-1 घर भई हाल काठमाडौ जिल्ला स्वयम्भु सानोभर्‍याङ बस्ने वर्ष 22 को संगिन जि.सी. को शवको पोष्टमार्टम भई शव आफन्तलाई बुझि लगेको । अनुसन्धानको क्रममा भिसेरा परिक्षण, DNA परीक्षण र कल डिटेलको अध्ययन विश्लेषण भइरहेको छ।
रोल्पाको सुलिचौरका रोहित पुनको हत्या सम्बन्धमा
सुनिल स्मृती गाउँपालिका-४, सुलिचौर बजार स्थित रहेको एक रेष्टुरेन्टमा देव बहादुर घर्ति लगायतका व्यक्तिहरु र रोहित पुन मगर बिच एक-आपसमा बिबाद हुँदा देब ब.घर्ती मगरले रोहित पुन मगरलाई पेस्तोलबाट १ राउण्ड गोली प्रहार गर्दा रोहित पुन मगरको बाँया कोखामा लागी घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको, निज देब बहादुर घर्ती मगरलाई पेस्तोल थान १ र ऐ.को गोली १ राउण्ड सहित नियन्त्रणमा लिईएको र थप संदिग्धहरुलाई समेत पक्राउ गरी अनुसन्धान पश्चात अदालतमा मुद्दा दर्ता पत्रिकाको

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version