उपत्यकाको ट्राफिक चेकिङमा बिहानैदेखि कडाई, लागु पदार्थ सेवन गर्नेको पनि बिशेष चेकिङउपत्यकाको ट्राफिक चेकिङमा बिहानैदेखि कडाई, लागु पदार्थ सेवन गर्नेको पनि बिशेष चेकिङ

काठमाडौँ : होलीलाई मध्यनजर गरी काठमाडौँ उपत्यकामा प्रहरीले ट्राफिक चेकिङमा बिशेष कडाइ गरेको छ । प्रहरीले ६६ ठाउँमा होली केन्द्रित चेक प्वाइन्ट राखेको हो ।

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउन ६६ ठाउँमा चेक प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआईजी मिरा चौधरीले जानकारी दिईन् ।

मादक पदार्थ सेवन गरेर मोटरसाइकल वा चारपांग्रे सवारी चलाएको भेटिए त्यस्ता सवारी होल्ड गरिने डिआईजी चौधरीले बताइन् ।

ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरेर सवारी चलाएकोबारे जाँच गर्न ‘मोबाइल टिम’ परिचालन गरेको छ । मोबाइल टोलीले उपत्यकामा आकस्मिक लागुपदार्थ सेवनबारे जाँच गर्नेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version