काठमाडौँ: १० वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका विभिन्न माओवादी धारा नेताहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

यसअघि फागुन २१ मा माओवादी घटकका नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायत एउटै मञ्चमा देखिएका थिए। सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रममा नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताएका थिए।

त्यसपछि आज पहिलोपटक माओवादीबाट विभाजित भएका नेताहरूको बैठक बसेको हो।

‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन्। सोही विषयमा आजको बैठक केन्द्रित हुने सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका नेता खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला लगायतका नेताहरूको उपस्थिति छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version