काठमाडौँ: राष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको छ।

आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो।

राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले पहिलो भोट खसालेका छन्। राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रपति चुनावमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यले मतदान गर्नेछन्। अपराह्न ३ बजेसम्म मतदान गर्न पाइनेछ। आजै मतपरिणाम सार्वजनिक हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version