नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।

शुक्रबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए।

पार्टीका संरक्षक रेशम चौधरीकी पत्नी श्रेष्ठ कैलाली-१ बाट निर्वाचित सांसद हुन्।

नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा आबद्ध छ। सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ। यद्यपि, निर्वाचन आयोगले शुक्रबार नै उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ।

उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा तोकिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version