काठमाडौँ: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएकी छन्। ताेकिएकाे उमेर नपुगेका कारण उनी उपराष्ट्रपतिको उम्मेदवार हुन नसक्ने देखिएकाे हो।

नेपालको संविधान, २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ। तर, संसद् सचिवालयका अनुसार रञ्जिताको उमेर ४० वर्ष मात्र छ।

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version