काठमाडौँ:
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी झन्डै साढे ७ वर्षपछि आज शीतल निवास छाड्दै छिन्। दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको दोस्रो कार्यकाल पनि हिजो फागुन २८ गते सकिएपछि राष्ट्रपति निवास छाड्न लागेकी हुन्।

भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज दिउँसो २ बजेसम्ममा निवर्तमान राष्ट्रपति भण्डारीले शीतल निवास छाड्ने जानकारी दिए।

‘नवनिर्वाचित राष्ट्रपति (रामचन्द्र पौडेल) को शपथ (दिउँसो) १ बजे छ, सवा १ सम्ममा शपथ कार्यक्रम सकिएला मेरो अनुमानमा’, उनले भने, ‘यसैले उहाँ १ बजेदेखि २ बजेको बीचमा सर्नुहुन्छ होला।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version