काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ बुधबार तोलाको १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

महासंघको अनुसार तेजावी सुनको मूल्य पनि बढेर आज प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा किनबेच भइरहेको छ । महासंघका अनुसार बुधबार चाँदीको मुल्य प्रति तोला १ हजार ३०० रुपैयाँ कायम भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version