काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले डीएलएस पद्धतिमा यूएईलाई ९ रनले हरायो ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा ९ रनले आफ्नो पक्षमा जित निकाल्न सफल भयो ।

यूएईले ४० ओभर पछि बलिङको रफ्तार सुस्त बनाउँदा उनलाई धक्का लाग्न पुग्यो । उक्त स्लोओभर नै नेपालका लागि बरदान सावित भयो ।

यूएईले गरेको ४२ ‍‍औँ स्लोओभरको बलिङमा नेपालका लागि गुलशन झाले २० रन बनाए । त्यसपछि नेपाल डीएलएस पद्धतिमा अघि रह्यो ।

त्रिवि क्रिकेट मैदानमा उज्यालो कम हुँदा एम्पाएरले खेल रद्द भएको र नेपालले जित निकालेको घोषणा गरेका थिए ।

नेपालको त्यो ४ ओभरमा ४० रन
४१ औं ओभरमा नेपालले ६

४२ औं ओभरमा नेपालले २०

४३ औं ओभरमा नेपालले ६

४४ औं ओभरमा नेपालले ८

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version