काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको गृहकार्य सुरु हुने बताएका छन् ।

सोमबार विश्वासको मत पाएपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले अब सरकार विस्तार गर्ने बताएका हुन् । उनले केही दिनभित्रै सरकारले पूर्णता पाउने जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफूले पर्याप्त विश्वासको मत प्राप्त गरेकाले आरामसँग सरकार चल्ने जिकिर गरे । उनले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर हुने समेत जानकारी दिए ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version