काठमाडौँ, १३ चैत:
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय छ । 

यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० ले घटेर रू एक हजार तीन सय ६० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version