काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो।

तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए।

गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।

पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।

प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्।सन्दीप लामिछानेविरुद्धको पेशी आफ्नो का वकिलको निवेदनपछि मुद्दा स्थगित
काठमाडौँ:
नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरूद्धको मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिएका छन्।

सोमबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा अन्तिम सुनुवाइका लागि पेशी चढेको थियो।

घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। उनको आदेश उच्च अदालतले बदर गरेको थियो।

आफूहरूले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएको र स्थगित पनि भएको सन्दीपका वकिल मुरारी सापकोटाले सेतोपाटीलाई जानकारी दिए।

जिल्ला अदालत काडमाडौंले पनि प्रतिवादीका कानुन व्यवसायीले मुद्दा हटाएको जनाएको छ।

अर्को पेशी कहिलेलाई तोकिन्छ भन्नेबारे दिउँसो ४ बजेपछि मात्र थाहा हुने अधिवक्ता सापकोटाले बताए।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार आजदेखि उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको थियो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गतेउच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। सर्वोच्चले मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version