काठमाडौँ: नेपाल भेटेरिनरी एशोसिएसनको आफनै स्वामित्वको नयाँ भवन निर्माण हुने भएको छ।

आज एक कार्यक्रमका बिच उत सस्थाको भवनको शिलान्यास गरिएको छ । नागार्जुन नगरपालिका वडा नं ४ वाफलमा एक कार्यक्रमका विच हिन्दु परम्परा अनुसार शिला पुजा गरी र ताम्रपत्र अनावरण गरी एशोसिएसनका केन्द्रिय अध्यक्ष डा सितलकाजी श्रेष्ठले भवनको विधिवत शिलान्यास गरेका हुन् ।

करिब ११ आना जग्गामा निर्माण हुने भवन आर्थिक वर्ष २०८१। ८२ सम्ममा निर्माण सम्पन्न हुने जनाइएको छ । चार तले बहुद्धेश्यिय उत भवन निर्माणको लागि हालै वोलपत्र आह्वान समेत भएको छ ।

शिलान्यास कार्यक्रममा ब्राहमणबाट स्वस्ती वाचन गरिएको थियो भने कार्यक्रममा करिब १०० जना अग्रज पशु चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

भवन निर्माणको लागि एशोसिएनले सबै सदस्य पशु चिकित्सकहरुबाट पाँच हजार रुपियाका दरले आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखेको कुरा सस्थाका सचिव डा रामचन्द्र सापकोटाले जानकारी दिए ।

कार्यक्रममा अग्रज भेटेरिनरियन डा प्रह्लाद सापकोटा, डा केबी श्रेष्ठ, डा बिकेपि शाह लगायतले पनि आफ्नो भनाइ राखेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version