काठमाडौँ: ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगोलागी भएको छ। सोमबार बिहान ४ः४० बजे आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार तत्कालै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटर जलेका छन्।
एउटा मारुती भ्यान र अन्य ६ वटा गाडी जलेको शाहले जानकारी दिए। घटनाबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको एसएसपी शाहले बताए।
Facebook Comments Box

