काठमाडौँ: नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ, नन–फन्जिबल टोकन, डिजिटल सम्पत्ति र हाइपर फन्ड जस्ता कारोबार गैह्र कानुनी रहेको भन्दै त्यसमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

केन्द्रीय बैंकले विज्ञप्ति जारी गर्दै भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सी जस्ता कारोबार गरेमा कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको हो । बैंकले सो सम्बन्धि कारोबार गैरकानुनी रहेको भन्दै यस अघि २०७४ साउन २९ गते, २०७८ भदौ २४ गते, २०७८ माघ ९ गते र २०७९ साउन ३० गते सार्वजनिक सूचना जारी गरेको समेत जनाएको छ ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा दर्ता भई नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुले कुनै पनि भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइए नेपाल राष्ट्र बैंकल ऐन २०१९ को दफा १२ बमोजिम कारबाही हुने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार पिरामिडमा आधारित नेटवर्ककिङ मार्केटिङ तथा हाइपर फन्डको कारोबार गर्ने गराइने गरेको पाइएमा, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धि कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

नेपालमा विदेशी विनिमय मुद्राको रुपमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सीले मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको, राष्ट्र बैंक निष्कासन नगरेको तथा कुनैपनि सुरक्षण नभएको काराण क्रिप्टोको कारोबार गैरकानुनी भएको केन्द्रीय बैंकले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version