प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन्।

बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने बताए।

उनले अब सरकारको ध्यान पूर्ण रूपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए। उनले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए। जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताए।

प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version