काठमाडौँ: आन्तरिक उडानतर्फको हवाई भाडा घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई हवाई भाडा दर घटाउन निर्देशन दिएको छ।

नयाँ भाडादर आगामी बुधबार (चैत २२) गतेदेखि लागू हुने भएको छ।

जसअनुसार सबभन्दा धेरै काठमाडौं-धनगढीको भाडा दर ४४० रूपैयाँ घटेको छ। त्यस्तै सबभन्दा कम काठमाडौं-सिमराको ९० रूपैयाँ भाडा घटेको छ।

नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइटको भाडा ३४५ रूपैयाँ घटेको छ।

त्यस्तै, काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँ, काठमाडौं–विराटनगर २४०, काठमाडौं–जनकपुर १३० रूपैयाँ, काठमाडौं–भरतपुर १०५ रूपैयाँ, काठमाडौं–पोखरा १५५ रूपैयाँ घटेको छ।

यस्तै, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्जको भाडादर ३२५ रूपैयाँ, काठमाडौं–धनगढीको ४४० रूपैयाँ, काठमाडौं–तुम्लिङटारको १८५ रूपैयाँ, काठमाडौं–सिमराको ९० रूपैयाँ, काठमाडौं–सुर्खेत ३४५ रूपैयाँ, काठमाडौं–राजविराज २०५ रूपैयाँ घटाइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version