काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचको लागि आगामी अध्यक्ष चन्द्रप्रसाद ढकालले सहमतिको प्रयास गरेका छन्। वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका तीनै जनालाई राखेर ढकालले बुधबार सहमति प्रयास गरेका हुन्।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। जस अनुसार अघिल्लो पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका ढकाल अब अध्यक्ष बन्दै छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ टिम नै तयार गरेर चुनावी प्रचारप्रसारमा छन्।

तर आगामी अध्यक्ष हुँदै गरेका ढकालले सहमतिको प्रयार गरेका हुन्। चन्द्र ढकालले हिमालयन होटलमा बोलाएर सहमतिको प्रयार गरेका छन्।

चन्द्र ढकाल यो निर्वाचनमा कसैलाई समर्थन गर्ने भन्दा पनि मिलेर अघि बढ्नुपर्ने पक्षमा उभिएका छन्। अहिलेका आकांक्षीहरुलाई आगामी वर्षमा पालैपालो नेतृत्व गर्ने गरि सहमति गर्न उनले भनेको बैठकमा सहभागी एक व्यवसायीले जनाकारी दिए। उनले भने, ‘चन्द्र दाइले मिलेर जाउँ भन्नु भो। तर प्रतिस्पर्धीहरु कोही पनि यो पटक नै छोड्न तयार देखिनु भएन।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version