काठमाडौं: ब्रोकर लाइसेन्स, अर्को स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न चुनावअघि परेको मुद्दालाई सर्वोच्च अदालतले तत्कालका लागि बाटो खुलाइदिएको छ।

अब नेपाल धितोपत्र बोर्डले पाँच महिनादेखि रोकिएको प्रकृया अगाडि बढाउन सक्ने छ। बोर्ड अध्यक्ष रमेशकुमार हमालले सर्वोच्च अदालतको संक्षित आदेश आएपछि संचालक समितिको निर्णय अनुसार अघि बढ्ने बताए।

‘संक्षिप्त आदेश सम्मानित सर्वोच्च अदालतबाट आएपछि संचालक समिति बैठक बस्छ। त्यो बैठकले दिएको निर्देशन अनुसार हामी अघि बढ्छौं,’ उनले भने।

बोर्डले ब्रोकर, एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्ज खोल्नका लागि इच्छुक कम्पनीहरुसँग आवेदन माग गरेको थियो। ३० देखि ४५ दिनसम्मको समय दिएर आवेदन माग गरिएपछि अदालतमा मुद्दा परेको थियो।

सर्वोच्च अदालतका न्यायाधिश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार बाटो खोलिदिएको हो।

गत कात्तिकमा लाइसेन्स बाँड्ने प्रकृया रोक्न सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि संयुक्त इजलासले आइतबार बाटो खोलिदिएको हो। अब बोर्डले पुरानो प्रकृयालाई ब्यूँताउने छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version