काठमाडौँ: नेपाल उद्योग परिसंघ कोशी प्रदेशले बिना सूचना पटक पटक हुँदै आएको विद्युत कटौतीको समस्या समाधान गर्न आग्रह गरेको छ ।

विद्युत कटौतीका कारण कोशी प्रदेशमा रहेका उद्योगहरु समस्यामा परेको जानकारी गराउँदै परिसंघले नेपाल विद्युत प्राधिकरण प्रादेशिक निर्देशनालयमा निवेदन दिएको हो ।

पूर्व जानकारी बिना नै विद्युत कटौती हुँदा उद्योगको उत्पादन कार्यमा बाधा पुगेको परिसंघको ठहर छ । विद्युत आपूर्तिमा भएको अवरोधका कारण उद्योगमा काम गर्ने कामदारहरु बिना काम बस्नु परेको र प्रशोधनका प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुनगई उद्योगको लागत खर्चमा वृद्धि भएको गुनासो कोशी प्रदेशका उद्योगी व्यवसायीहरुको रहेको छ ।

पटक पटक हुँदै आएको विद्युत कटौतीका कारण उद्योग सहज सञ्चालनमा समस्या आएको छ । नेपालको औद्योगिक क्षेत्र बाह्य तथा आन्तरिक झड्काहरुबाट प्रभावित हुँदै आएको छ । सोही समयमा कोशी प्रदेशको औद्योगिक कोरिडोरमा बिना सूचना विद्युत कटौती गर्दा उद्योग व्यवसायीहरुले उद्योगमा ताला लगाउनु पर्ने अवस्था सिर्जना हुनसक्ने जनाउँदै परिसंघले विद्युत कटौतीको समस्या समाधान गर्न आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफूखुशी ब्याजदर बढाउँदा उद्योग बन्द गर्ने अवस्थामा व्यवसायीहरु पुगेका छन् । यो समयमा विद्युत कटौती हुनु राज्यले सिर्जना गरेको भारको रुपमा लिएको परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version