काठमाडौँ: सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

समयमा काम सम्पन्न नगर्ने १० निर्माण कम्पनी कालोसूचीमा परेका हुन् । निर्माण कार्यमा बदमासी गर्ने, तोकिएको काम पूरा नगर्ने, तथा आयोजना जिम्मा लिएर अलपत्र पार्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याइएको हो ।

एस.ए.एस.कन्स्ट्रक्सन प्रा.लिलाई ३ वर्ष कुनै पनि ठेक्का खरिद गर्न नपाउने गरि कालोसूचीमा राखिएको छ । यस्तै धुलिखेल युनिकर्ण जे.भीलाई १ वर्ष , फेव नेपाल प्रा.लिलाई १ वर्ष, कन्या कलिका स्टिल फर्निचर प्रा.लिलाई १ वर्ष कालोसूचीमा राखिएको छ ।

यस्तै कोटेश्वरमा रहेको नागार्जुन शंकरमाली निर्माण सेवा प्रा.लिलाई १ वर्ष ३ महिना, ओम शान्ति निर्माण सेवालाई १ वर्ष, रेडलाइन कन्स्ट्रक्सन कम्पनी प्रा. लिलाई १ वर्ष, सेफ मेटल कन्स्ट्रक्सन प्रा. लिलाई १ वर्ष, सिरुवा\कविर \ सुनकोशी जे.भी.लाई १ वर्ष, वाई र पी \रफिना कन्स्ट्रक्सन प्रा.लिलाई १ वर्ष ३ महिना काम गर्न नमिल्ने गरी कालोसूचीमा राखिएको छ ।

कालो सूचीमा राखिएका निर्माण व्यवसायी आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version