काठमाडौँ:
नेपाली ब्याट्सम्यान कुशल मल्लले एसीसी मेन्स प्रिमियर अन्तर्गत भइरहेको खेलमा ओमानविरुद्ध शतक प्रहार गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ५९ बल खेल्दै १०१ रन बनाएका हुन् भने उसले कुल १०८ रन बनाएर आउट भए।

३९ औँ ओभरको पाँचौँ बलमा स्पिनर अकिब इलियासलाई छक्का प्रहार गर्दै कुशलले शतक पूरा गरेका हुन्।

यो उनको अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक पनि हो। यससँगै कुशल ओडीआईमा नेपालबाट सबैभन्दा छिटो शतक बनाउने खेलाडी पनि हुन्।

यसअघि कुशलले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान पनि भंग गरेका छन्।

‌ओडीआईमा उनी नेपालबाट शतक हान्ने छैटौं खेलाडी बनेका छन्। यसअघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक हानेका थिए।

उनी ६४ बलमा १०८ रन बनाउँदै आउट भएका छन्। उनले आफ्नो पारीमा ९ चौका र १० छक्का हाने।

नेपालले अहिले ४० ओभरमा ७ विकेट गुमाएर २२२ रन बनाएको छ।

नेपालको सुरुवात खराब थियो। नेपालले पहिलो रनका लागि २७ बल कुरेको थियो। रन नजोडी दुवै ओपनर गुमाएको नेपाललाई कुशलले सम्हालेका हुन्।

सुरुमै दबाबमा परेको नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमै गुमायो। उनी बिलाल खानको बलमा एलबीडब्लू धरापमा परे।

त्यसैगरी कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख बोल्ड भए। आसिफले १० र कुशलले ८ बल सामना गर्दा पनि स्कोर गरेनन्।

तर नेपालबाट तेस्रो विकेटका लागि रोहित पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरे। फैयज बटको १८ औँ ओभरको पहिलो बलमा रोहित कश्याप प्रजापतिबाट क्याच हुन पुगे। हितले ३४ बलमा २३ रन जोडे।

भीम सार्की ३३ रन बनाएर पबेलियन गए। भीम जिशान मकसुदको २१ औँ ओभरको तेस्रो बलमा अदिल सफिकबाट स्टम्प आउट भए।

त्यसपछि पाँचौँ विकेटमा आरिफ शेख र कुशल मल्लले ७५ रनको साझेदारी गरे। तर जतिन्दर सिंहको बलमा आरिफ २९ रनमै क्याच आउट भए।

उता दीपेन्द्रसिंह ऐरी आयन खानको ३६ औँ ओभरको दोस्रो बलमा ७ रनमै आउट भए। त्यसपछि ६४ बलमा १०८ रन बनाउँदै कुशल पनि पबेलियन फर्किए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version