काठमाडौँ: तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफूले चुनाव जित्ने दाबी गरेका छन् । मतदान गर्नुअघि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले चुनावी माहोल राम्रो भएको बताउँदै चुनाव जित्नेमा विश्वस्त रहेको बताए ।

उनले भने, ‘तनहुँका जनता लोकतन्त्रको पक्षमा भएकाले जित निश्चित छ। हिजो पनि जनताकै बीचमा थिएँ, अहिले पनि छु। भोलि पनि जनताबीचमै रहनेलाई जनताले पत्याउँछ्न्।’

संसद कानुन बनाउने थलो भएकाले मतदाताले राम्रा मान्छेलाई पहिचान गरेर मतदान गर्नुपर्ने उनको भनाइ छ । ‘निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउँछ । यो लोकतन्त्रवादीको किल्ला हो र हामीले उन्नत लोकतन्त्रको कुरा गरिरहेका छौँ। त्यसैले जनमत हाम्रो पक्षमा छौं,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा पोलटिकल स्टन्ट गरेको भट्टराईको आरोप छ । ‘पुराना गाडी ल्याएर आफैंले ढुंगा हानेर फुटालेर पोलटिकल स्टन्ट गरेकोे देखिहाल्नु भयो,’ भट्टराईले रास्वपाप्रति लक्षित गर्दै भने, ‘राजनीति लामो यात्रा हो,समयको पर्खामा सबै मानिसहरु निखारिँदै जानुपर्छ ।’ मौन अवधिमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका बाबु चढ्ने गाडी तोडफोड भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version