काठमाडौँ: बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुँदै छ । सर्वदलीय बैठक सकिएलगत्तै शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने भएको हो । मतगणनाका लागि दलका प्रतिनिधिहरु मतगणनास्थलमा उपस्थिति भएका छन् ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । पहिलो चरणमा २ स्थानबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएका छन् । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान भएको छ ।

यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version