बारा, ११ वैशाख (रासस) :
बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज अपराह्न १२ः४० बजेदेखि सुरु भएको छ । बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा बिहान १० बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले दिउँसो १२ः४० बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

प्रारम्भिक मतपरिणामअनुसार बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई सय २४ मतका साथ सुरुआती अग्रता लिनुभएको छ । जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले एक सय ७० मत प्राप्त गरी दोस्रोमा रहनुभएको छ भने नेकपा (एमाले)का पुरुषोत्तम पौडेल एक सय ६६ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएर चौथो स्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नं २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  ---
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version