काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्।

उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो। श्री एयरलाइन्सको जहाजमार्फत राष्ट्रपति पौडेललाई भारत लगिएको थियो।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ। राष्ट्रपति पौडेललाई आजै अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।

राष्ट्रपति पौडेलको उपचार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भएको हो।

राष्ट्रपति पौडेललाई पेट दुख्ने, छातिमा पानी जम्नेजस्ता समस्या देखिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version