काठमाडौँ: नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फिर्ता भएका छन्। लगभग साढे २ महिनाको उपचार सकेर उनी आइतबार साँझ नेपाल फर्किएका हुन्।

ग्यास विस्फोटबाट घाइते भएका भण्डारीको भारतको मुम्बईस्थित बर्न्स अस्पतालमा उपचाररत गरिएको थियो।

विमानस्थलमा भण्डारीले आफ्नो स्वागतका लागि उपस्थित भएकाहरूलाई धन्यवाद दिए।

गत फागुन ४ गते भण्डारीको घरमा ग्यास विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएकी आमा हरिकला भण्डारीको सोही दिन कीर्तिपुर अस्पतालमा निधन भएको थियो।

सांसद भण्डारीलाई भने एयर एम्बुलेन्समार्फत चिकित्सकहरूको सल्लाहमा उपचारका लागि भारत लगिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version