काठमाडौँ: जेष्ठ नागरिक भत्ता पाउन ७० वर्ष उमेर पुग्नुपर्ने व्यवस्था अव कानूनी रुपमै स्थापित हुने भएको छ। यस्तो प्रस्ताव गरिएको ‘सामाजिक सुरक्षाका सम्बन्धमा’ बनेको विधेयक शनिवार संसदले पारित गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले पेस गरेको विधेयकमा दलित र एकल महिलाले भने ६० वर्षमै जेष्ठ नागरिक भत्ता पाउने उल्लेख छ।
समितिमा दफावार छलफलपछि प्रतिवेदनसहित संसद लागिएको बिधेयकमा सरकारले कुनै निश्चित क्षेत्र तोकी त्यहाँ बसोबास गरेन्हारुको उमेर नपुगे पनि त्यस्तो भत्ता उपलब्ध गराउन सक्ने जनाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकले लेखेको छ छ।
Facebook Comments Box
