काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै प्रहरीले उनका स्वकिय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनका सहयोगी केसीसहित खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। उनीहरूलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यसपछि काठमाडौं प्रहरी परिसर ल्याइने उनले बताए।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएको भन्दै उनीहरूलाई अनुसन्धानका लागि समातिएको हो। गिरोहले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपियाँ बुझाएको अडियो सार्वजनिक भएको थियो।

अडियोबारे प्रहरीले छानबिन गरिरहेको छ।

सोही प्रकरणमा जोडिएका टोपबहादुर रायमाझी २० वैशाखदेखि फरार छन्। अहिलेसम्म यस प्रकरणमा ११ जनालाई प्रहरीले समातेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version