काठमाडौँ: कुनै बेला सर्वाधिक व्यस्त अभिनेतामा पर्ने गोविन्दा पछिल्ला चार वर्षयता अभिनयबाट ताधियेका छन्। डेब्यु वर्षमै पाँच फिल्मसहित देखिएका गोविन्दाले छोटो अवधिमै धेरै र व्यवसायिक हित फिल्म दिए। बर्सेनि कम्तिमा पाँच फिल रिलिज हुने गोविन्दाको संन् १९८८ देखि दिनवर्षमा ३३ फिल्म रिलिज भएका थिए।

पछि राजनीतिमा लागेपछि भने गोविन्दा नेता बढी अभिनेता कम बने।

नेपाली चेली सुनिता अहुजासँग विवाह गरी नेपाली फिल्म क्षेत्रबाट ‘ज्वाई’ को सम्मान पाउँदै एक उनी गोविन्दा शनिबार ससुराली देश आएका छन्।
उनी हिजो बिहान ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। आइतबार राष्ट्रिय सभा गृहमा हुने एलजी सिने सर्कल अवार्डमा प्रतिनिधिका रुपमा निर्देशक दिनेश डिसी र बरुण चौधरीले स्वागत गरेका थिए।

राजधानीमा रहंदा उनले पशुपतिनाथको दर्शन, चन्द्रागिरि हिल्सको भ्रमण र देशका उच्च पदस्थसँग भेट गर्ने कार्यक्रम रहेको अवार्ड संयोजक दिनेश डिसीले बताए।

पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईहरुले ढिलो गरी नेपाली बोल्नु भयो भने म सबै नेपाली बुझ्छु र नेपाली बोल्न पनि आउँछ।’ त्यसो त उनले आफु कुनै न कुनै बेला नेपाल फिल्म खेलेरै छोड्ने वाचासमेत गरे।
गोविन्दाको यसै वर्ष मुख्य भूमिकामा रहेको ‘फ्राइडे’ रिलिज हुँदैछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version